Under Construction Blog

Tuesday, March 18, 2014

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले बंगलादेशको सामना गर्दै -

४ चैत, काठमाडौं । बंगलादेशमा जारी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेटमा आज नेपालले आयोजक बंगलादेशको सामना गदैंछ । बंगलादेश टेस्ट मान्यताप्रास्त राष्ट्र हो ।

समूह ‘ए’ का सुरुवाती खेलमा सनसनी पूर्ण जीत दर्ता गराएका दुवै टोलीको आजको प्रस्तुती अझै सनसनी पूर्ण हुने खेलप्रेमीको विश्वास छ ।

प्रतियोगिता अन्तर्गत चैत २ गते भएको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले हराएको थियो ।

दुवै टोलीका कप्तानहरुले आजको खेल दुबैका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

बंगलादेशसँगको खेल चुनौतीपूर्ण रहने भन्दै नेपाली टोलीका कप्तान पारस खड्काले यसलाई डटेर सामना गर्ने बताए । चटगाउँमा सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा कप्तान पारसले भने(’यो राम्रो चुनौती हुनेछ हाम्रो लागि । टेष्ट खेल्न राष्ट्रसँग क्रिकेट खेल्ने मौका हामीले हतपत पाउँदैनौं । सक्दो प्रयास गर्ने छौं राम्रो खेल्नका लागि ।’

त्यस्तै बंगलादेशी कप्तान मुसफिकर रहिमले पनि नेपाललाई कम आक्न नसकिने बताएका छन् । रहिमले आफूहरु नेपालजस्तो प्रतिद्वन्द्वी भनेर ढुक्क हुने अवस्थामा नरहेको बताए । नेपाली खेलाडीको राम्रो प्रस्तुती रहेको भन्दै पछिल्लो पटक उनीहरुले खेलेको खेललाई हेरेर नयाँ रणनीति बनाएको उनको दाबी छ ।

खेल साँझ सवा ७ बजेपछि सञ्चालन हुनेछ ।
( क्भभ mयचभ बतस् जततउस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्ज्ञद्धरण्घरज्ञठठडडडर३कतजबकज।चगपधएलध्क्।मउगा

नेपाली क्रिकेट जर्सीको अभाव, खेल सकिएपछि मात्रै थप आउने

४ चैत, काठमाडौं । तेक्वान्दो खेलाडी एव ओलम्पियन दीपक विष्टले नयाँ बानेश्वरमा स्पोर्टस युनिभर्स नामक पसल सञ्चालन गरेर खेलाडी तथा खेलप्रेमीहरुका लागि खेल सामग्री वितरण गरिरहेका छन् ।

विष्टको पसलमा हरेक खेलका सामान तथा खेलाडीहरुले लगाउने टि(सर्ट, जुत्ता लगायतका सामग्री पाइन्छ । आज भोलि विष्टको पसलमा नेपाली क्रिकेटको जर्सी किन्न आउनेको भीड बढेको छ । बंगलादेशमा जारी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट हेर्न नेपाली क्रिकेटका प्रेमीहरु जर्सी किन्न आउने गरेको विष्टले बताए । तर, अहिले आफूहरुसँग भएको स्टक सकिएपछि जर्सी किन्न आएकाहरुलाई रित्तोहात पठाउनुपर्ने बाध्यता रहेको छ ।

विष्टले ५ हजार थान जर्सी राखेका थिए । नेपालका विभिन्न डिस्टिब्युटर तथा प्रवासी नेपाली रहेको अमेरिका, कोरिया, जापान, अस्ट्रेलिया, बंगलादेशलगायतका स्थानबाट पनि जर्सीको माग बढेको छ । आफूले राखेका जर्सी केहीदिनमै सकिएको भन्दै विष्टले थप जर्सी ल्याउने तयारी गरेको बताए । ‘मैले ५ हजार जर्सी ल्याएको थिए, सबै सकियो, अब २२ मार्चसम्ममा थप २ हजार जर्सी आइपुग्ने छन् ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सिंगापुरको विएस कम्पनीले प्रायोजन गरेको हो । नयाँ जसीको मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ । पुरानो जर्सीलाई भने ५ सय रुपैयाँ पर्दछ ।

हौसिएर जर्सी किन्न आएकाहरु पुरानै जर्सी भएपनि किनेर लाने गरेका छन् । उनीहरुले क्रिकेटको व्याट, नेपालको झन्डा तथा अन्य नेपाल चिनाउने सामाग्री किनेर लाने गरेका छन् ।

नेपालमा खेल प्रेम बढेको भन्दै विष्टले खुसी व्यक्त गरेका छन् । उनले भने(’अहिले नेपालीहरुमा खेलको क्रेज बढेको छ, खेलकुदलाई माया गर्ने नेपालीहरु धेरै पाएको पाए । हजारौको संख्यामा जर्सी बिक्री भएका छन् । अझै दिनहुँ धेरै युवा जर्सी किन्न आउँछन् । यसले खेलको विकासमा अझै धेरै मद्दत पुग्नेछ । ‘

नेपालले जित्छ

आफू पनि राम्रो क्रिकेट खेल्ने खेलाडी भएको भन्दै बंगलादेश विरुद्धको खेलमा नेपाल विजयी हुने बताएका छन् । पहिले उचित वातावरण नपाएकाले क्रिकेट नखेले पनि राम्ररी बुझ्छु, खेल्छु पनि ।

टेस्ट मान्यता पाएका टोलीसँग खेल खेल्नु नेपालका लागि ठूलो चुनौती भएको भन्दै जित्ने सम्भावना दुवै टीमको बराबर रहेको दाबी गरे ।
( क्भभ mयचभ बतस् जततउस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्ज्ञद्धरण्घरज्ञठठढघद्दर३कतजबकज।वक्ष्यएपप्ीि।मउगा

सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

४ चैत, काठमाडौँ । सरकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । मंगलवार दिउँसो २ बजेपछि सिंहदरबारस्थित हर्क गुरुङ हलबाट सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए ।
सरकारले गठन भएको सात दिनभित्रैमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भनिएपछि झन्डै दुई महिनापछि मंगलवार सार्वजनिक गर्न लागिएको हो ।
- See more at: http://www.onlinekhabar.com/2014/03/178028/#sthash.569EdYxa.dpuf

Friday, March 7, 2014


RC

Maoist
काठमाडौं, फाल्गुन २३ - मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले फुजेल घटनाको विषयमा संसदमा दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
माओवादीले शुक्रबार विज्ञप्ती जारी गर्दै गृहमन्त्री गौतमलाई गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन माग गरेको छ । उसले वेपत्ता नागरिक सार्वजनिक गर्न तथा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत उठेका समस्या समाधान गर्न पनि माग गरेको छ ।
'१२ बुँदे समझदारी, वृहत शान्तिसम्झौता तथा अन्तरिम संविधानमा भएका वेपत्ता नागरिक सार्वजनिक गर्ने, सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लङ्घनबारे सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता सार्वजनिक गर्ने आयोग र वेपत्ता आयोगद्वारा सत्यतथ्य निरुपण गरी सामाजिक मेलमिलापको वातावरण निर्माण गर्ने पूर्वसहमतिविपरीत अभिव्यक्ति आएको माओवादी भनाइ छ ।
'आफ्नो राजनीतिक गलत अभिष्ट पूरा गर्ने उद्देश्यले सामान्य कानुन बमोजिम घटना र मुद्दाहरुको एक-एक गरी छानबिन गर्ने, क्षतिपुर्ति दिने तथा कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने घोषणा गर्नु बृहत राजनीतिक सहमति अनुसार द्वन्द्व व्यवस्थापन र मेलमिलापको सरकारी दायित्वबाट पन्छिने निकृष्ट अभिव्यक्तिलाई हाम्रो पार्टी नेकपा-माओवादी घोर भत्र्सना एवम् निन्दा गर्दछ,' विज्ञप्तीमा लेखिएको छ ।
युद्धकालका राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दा खारेज गरी त्यस्ता मुद्दा लगाउनेलाई कारबाही गर्नुको सट्टा, वेपत्ता नागरिक सार्वजनिक गर्नुको सट्टा द्वन्द्व निम्त्याउने सार्वजनिक घोषणा गर्नु नितान्त गलत रहेको ठहर माओवादीको छ  ।

Thursday, March 6, 2014

गणपुरक संख्या नपुगेर संसद बैठक स्थगित



२२ फागुन, काठमाडौं । गणपुरक संख्या नपुगेर व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । संसदको बिहीबारको बैठकमा सरकारले पेश गरेको सुपुर्दगी सन्धीसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकमा छलफद भइरहेको थियो । एमाओवादी सभासद रामनारायण विडारीले ध्यानाकर्षण गराएपछि सभामुख सुवास नेम्वाङले गणना गर्न निर्देशन दिए ।

जसमा १ सय २७ सभासद मात्र उपस्थित भएको पाइयो । अन्तरिम संविधानको धारा ५३ अनुसार कुनै पनि प्रस्ताव निणर्ायार्थ पेश हुँदा सदनको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ अर्थात १ सय ४३ सदस्य संसदमा उपस्थित हुनुपर्छ । गणपुरक संख्या नपुगेपछि सभामुखले यो गम्भीर भएको भन्दै ध्यानाकर्षण गराए भने संसदको बैठक २७ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे ।